काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा अफगानिस्तानले नेदरल्याण्डलाई सात विकेटले हराएको छ।
पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ४६ दशमलव ३ ओभरमा अलआउट हुँदै जम्मा १७९ रन मात्र बनाएको थियो।
१८० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३१ दशमलव ३ ओभरमै ३ विकेट गुमाउँदै १८१ रन बनाउँदै खेल जित्यो।
पहिले ब्याटिङ गरेको नेदरल्याण्डका लागि सर्वाधिक सेब्रान्ड इंगेलब्रेच्चले ५८ रन बनाए। यस्तै म्याक्स ओडुडले ४२, कोलिनले २९, रोलोफ भान डर मेरवेले ११ र आर्यन दत्तले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेदरल्याण्डलाई सस्तैमा समेट्नका लागि अफगानिस्तानका मोहम्मद नवीले सर्वाधिक ३, नूर अहमदले २ तथा मुजीव उर रहमनले एक विकेट लिएका थिए।
यता विजयी दिलाउन अफगानिस्तानका लागि हसमतुल्लाह साहीदीले नटआउट ५६ रन, रहमत शाह ५२, अमतुल्लाह ओमर्जाई ३१, इब्राहिम जर्दान २० र रहमतुल्लाह गुर्वाजले १० रनको योगदान दिए।
नेदरल्याण्डका लागि लोगन भान बीक, रोलेफ भान डर मेरेव र सकिव जुल्फिकरले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।