काठमाडौं– आईसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएपछि सभामुख देवराज घिमिरेले बधाई दिएका छन्।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।
एसिया क्षेत्र छनोटमा सफलता हासिल गरेकोमा सभामुख घिमिरेले बधाई तथा शुभकामना दिएका छन्।
उनले भनेका छन्, ‘ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी-२० विश्वकपमा प्रवेश गरेकोमा नेपाली टिमलाई बधाई।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।