काठमाडौं- नेपालका ओपनिङ ब्याटर आशिफ सेखले अर्धशतक पूरा गरेका छन्। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा उनले ३९ बलमा १ छक्का र ६ चौकाको सहयोगले अर्धशतक पूरा गरेका हुन्।
नेपाललाई यूएईले १३५ रनको लक्ष्य दिएको थियो। ओपनिङमा आएका भुर्तेलले ८ बलमा ११ रन बनाएर आउट भएपछि उनले सम्हाल्दै आएका छन्।
नेपालले १३ ओभरको खेलमा ९३ रन बनाएको छ। अब नेपालका लागि ३९ रन आवश्यक छ। क्रिजमा कप्तान रोहित पौडेल र सेख रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।