काठमाडौं– ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ। पहिलो सेमिफाइनलमा बहराइलाई पराजित गरेसगै विश्वकपमा छनोट पनि भएको छ।
आईसीसी एशिया क्षेत्र विश्वकपमा दुई देश छनोट हुनेमध्ये ओमान पहिलो भएको छ। टियु मैदानमा भएको खेलमा बहराईनले दिएको १०७ रनको लक्ष्य १४.१ ओभरमा बिना विकेटको क्षितमा लक्ष्य पूरा गरेको हो।
ओमानका लागि कश्यम प्रजापतिले ५७ रन बनाए भने प्रतिक अतिभालाले ४८ रन बनाए। यो सँगै फाइनल अव नेपाल र यूएईकाबीचमा भइरहेको खेलको विजेतासँग उपाधीका लागि खेल्ने छ।
मुलपानीमा नेपाल र यूएई खेलिरहेको छ। यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। नेपाल १३ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।