काठमाडौं- आईसीसी विश्वकप टी-२० एसिया छनोटमा नेपालको दोस्रो विकेट झरेको छ। अहिलेसम्म नेपालका कुशल भुर्तेल र गुलशन झा आउट भएका छन्।
यूएईका बलर बसिम हमिदले गुलशनलाई बोल्ड आउट गरेका छन्। गुलशनले २४ बल खेल्दै २२ रन बनाएर आउट भएका छन्।
सेमिफाइनलमा नेपालले युएई विरुद्ध मध्यम सुरुवात गरेको छ। नेपालले ९ ओभर सकिँदा २ विकेटको क्षतिमा ६८ रन बनाएको छ।
पाललाई युएईले १३५ रनको लक्ष्य दिएको थियो। नेपालले कुलश भुर्तेललाई सस्तैमै गुमाएको छ। ओपनिङमा आएका भुर्तेलले ८ बलमा ११ रन बनाएर आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।