काठमाडौं- आईसीसी विश्वकप टि-२० एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएई विरुद्ध मध्यम सुरुवात गरेको छ। नेपालले ७ ओभर सकिँदा १ विकेटको क्षतिमा ५६ रन बनाएको छ।
पाललाई युएईले १३५ रनको लक्ष्य दिएको थियो। नेपालले कुलश भुर्तेललाई सस्तैमै गुमाएको छ। ओपनिङमा आएका भुर्तेलले ८ बलमा ११ रन बनाएर आउट भए।
अहिले गुलसन झा र आसिफ शेख खेलिरहेका छन्। युएईले ९ विकेटको क्षतिमा १३४ रन बनाएसँगै नेपालले सहज लक्ष्य पाएको हो।
माथिल्लो मुलपानीमा भएको सेमिफाइलनमा नेपालका कुशल मल्लले सबैभन्दा धेरै ३ विकेट लिए। नेपाली स्पिनरको सामु युएईले धराशायी भएको थियो। कुशलसगै सन्दिपले २ विकेट लिन सफल भए भने सोमपाल कामीले १ विकेट लिए भने कप्तान रोहित पौडेलले पनि एक विकेट लिए। युएईका लागि भी अरविन्दले सबैभन्दा धेरै ६४ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।