काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल यूएईले नेपाललाई १३५ को लक्ष्य दिएको छ। २० ओभरमा ९ विकेट गुमाउँदै यूएईले १३४ रन बनाएको हो।
माथिल्लो मुलपानीमा भएको सेमिफाइलनमा नेपालका कुशल मल्लले सबैभन्दा धेरै ३ विकेट लिए। नेपाली स्पिनरको सामु यूएईले धरासयी भएको थियो। कुशलसँगै सन्दिपले २ विकेट लिन सफल भए भने सोमपाल कामीले १ विकेट लिए। कप्तान रोहित पौडेलले पनि एक विकेट लिए।
युएईका लागि भि अरविन्दले सवैभन्दा धेरै ६४ रन बनाए। कप्तान रोहित पौडेलले उक्त सफलता दिलाएका हुन्। अलि नसिरलाई रोहितले व्यक्तिगत ४ रनमा क्याच आउट गराए। कुशल भुर्तेलले सुन्दर क्याच लिएका थिए।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको थियो। दीपेन्द्रसिंह ऐरी फर्केका छन् भने सन्दीप जोरा बेन्चमा पुगेका छन्। त्यस्तै विवेक यादवलाई टोलीमा कायमै राखिएको छ। हिजोको खेलमा गरेको प्रदर्शनको आधारमा उनलाई स्थान दिइएको हो। नेपाल र यूएईको विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ।
नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रेको छ। नेपाल समूह एको उपविजेता र यूएई समूह बीको विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।