काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईको पाँचौं लिएको छ। कप्तान रोहित पौडेलले उक्त सफलता दिलाएका हुन्।
अलि नसिरलाई रोहितले व्यक्तिगत ४ रनमा क्याच आउट गराए। कुशल भुर्तेलले सुन्दर क्याच लिएका थिए। युएई १६ ओभरमा ५ विकेट गुमाउदै १०० रन बनााएको छ।
यसअघि यूएईका अलिसान शराफुलाई कुशल मल्लले आउट गरेका थिए। मल्लको बलमा सोमपाल कामीले क्याच लिएका थिए।
युएई ९.५ ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको छ। यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले एक विकेट लिएका थिए भने एक विकेट रन आउट गर्दै नेपालले लिएको थियो ।
यतिबेला यूएईले ४ ओभरमा ३१ रन बनाएर खेलिरहेको छ। नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डङको निम्तो पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।