काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईको ४ विकेट लिएको छ। यूएईका अलिसान शराफुलाई कुशल मल्लले आउट गरेका हुन्। मल्लको बलमा सोमपाल कामीले क्याच लिएका थिए।
युएई १४ ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको छ। यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले एक विकेट लिएका थिए भने एक विकेट रन आउट गर्दै नेपालले लिएको थियो ।
यतिबेला यूएईले ४ ओभरमा ३१ रन बनाएर खेलिरहेको छ। नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डङको निम्तो पाएको थियो।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्रसिंह ऐरी फर्केका छन् भने सन्दीप जोरा बेन्चमा पुगेका छन्। त्यस्तै विवेक यादवलाई टोलीमा कायमै राखिएको छ। हिजोको खेलमा गरेको प्रदर्शनको आधारमा उनलाई स्थान दिइएको हो। नेपाल र यूएईको विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।