काठमाडौं- आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले यूएईलाई हराए गायक हेमन्त शर्माले ५० हजार पुरस्कार दिने घोषणा गरेका छन्।
गायक शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुराको घोषणा गरेका हुन्। नेपाली क्रिकेट टोलीको हौसलाका लागि आफूले ५० हजार पुरस्कार दिने घोषणा गरेको गायक शर्माले उल्लेख गरेका छन्।
नेपाल अहिले सेमिफाइनलमा यूएईसँग मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेको छ। टस हारेर नेपाल अहिले बलिङ गरिरहेको छ। आज यूएईलाई हराए नेपालले २०२४ मा अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।