काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। यूएईका आसिफ खानलाई सन्दीपले एलबीडब्लू धरापमा पारेका हुन्।
युएई ९.५ ओभरमा ३ विकेट गुमाएर ६२ रन बनाएको छ। यसअघि सोमपाल कामीले एक विकेट लिएका थिए भने एक विकेट रन आउट गर्दै नेपालले लिएको थियो ।
यतिबेला यूएईले ४ ओभरमा ३१ रन बनाएर खेलिरहेको छ। नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डङको निम्तो पाएको थियो।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्रसिंह ऐरी फर्केका छन् भने सन्दीप जोरा बेन्चमा पुगेका छन्। त्यस्तै विवेक यादवलाई टोलीमा कायमै राखिएको छ। हिजोको खेलमा गरेको प्रदर्शनको आधारमा उनलाई स्थान दिइएको हो। नेपाल र यूएईको विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ।
नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रेको छ। नेपाल समूह एको उपविजेता र यूएई समूह बीको विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।