काठमाडाै- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा दिपेन्द्रसिह ऐरीलाई फर्काएको छ। नेपालका भरपर्दा अलराउन्डर ऐरी सिगापुरसँगको खेलअघिको अभ्यासका क्रममा घाइते भएका थिए।
ऐरीको आगमनसँगै नेपाली टोली बलियो भएको छ। त्यस्तै आजको खेलका लागि नेपालले अर्को परिर्वतन पनि गरेको छ। यसअघि टिममा रहेका सन्दीप जोरालाई बेञ्चमा राखिएको छ। उनको स्थानमा विवेक यादवलाई मौका दिएको छ। यादवले हिजो नेपालका लागि झन्डै जित दिलाएका थिए। मुलपानीको माथिल्लो क्रिकेट मैदानमा हुने खेलमा नेपालले बलिङ गर्दैछ। ऐरीले बलिङ समेत गर्नेछन्। यो सँगै नेपाल ब्याटिङ र बलिङ दुवैमा यूएईलाई पन्छाएर विश्वकप खेल्ने बाटो तय गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ।
नेपाल यूएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रनेछ। नेपाल समूह एको उपविजेता र यूएई समूह बीको विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्।
नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन। नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।