काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेटमा बिहीबार श्रीलंकाविरुद्ध ब्याटिङ गरिरहेको भारतको पहिलो विकेट पतन भएको छ।
पहिलो ओभरममै भारतले पहिलो विकेट गुमाएको हो। पहिलो विकेटका रुपमा भारतका कप्तान रोहित शर्मा आउट भएका हुन्।
उनी पहिलो ओभरको पहिलो बलमा चौका हानेका शर्मा दोस्रो बलमा बोल्ड आउट भए। उनलाई श्रीलंकाका दिल्शन मधुशानकाले बोल्ड आउट गरे।
टस जितेर श्रीलंकाले भारतलाई पहिला ब्याटिङको निम्तो दिएर आफूले फिल्डिङ गरिरहेको छ। पहिलो ओभरको समाप्तिमा भारतले एक विकेटको क्षतिमा ८ रन बनाएर खेलिरहेको छ। शर्मा आउट भएपछि क्रिजमा विराट कोहली आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।