काठमाडौं- नेपालले आठौं विकेट गुमाएको छ। १४६ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा आठ विकेट गुमाएर ८५ रन बनाएको छ। सन्दीप लामिछाने व्यक्तिगत २ रनमा आउट भए। उनी स्टम्प आउट भएका थिए।
नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो। बलिङ गर्दै नेपालले ओमानलाई १४५ रनमा रोक्न सफल भएको थियो। कसिलो बलिङ गर्दै कम लक्ष्य पाए पनि नेपालले अपेक्षा अनुसार व्याटिङ गर्न सकेन।
नेपालका लागि कुशल भुर्तेलले २६ रन बनाउनु बाहेक अन्य व्याटरहरुले राम्रो रन बनाउन सकेनन्। कुशल मल्ल, आशिफ सेख,रोहित पौडेल,सन्दिप जोरा, गुल्सन झाले नेपालको इनिङ सम्हाल्न नसक्दा एकपछि अर्को विकेट गुमाउँदै नेपाल हारको संघारमा पुगेको छ।
नेपालले यो खेल गुमाएमा समूहको उप विजेताको रुपमा सेमिफाइलनमा प्रवेश पाउनेछ। त्यहाँ उसले समूह बीबाट आउने विजेतासँग खेल्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।