काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानविरुद्ध ४ विकेट गुमाएको छ। कप्तान रोहित पौडेल व्यक्तिगत १२ रनमा आउट भए।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावर प्ले सकिँदा ३ विकेट गुमाएको थियो। कुशल भुर्तेल, अशिफ सेख र सोमपाल कामीलाई गुमाएको नेपालले कप्तान रोहितलाई पनि सस्तैमा गुमाएपछि दबाबमा परेको छ।
अहिले क्रिजमा कुशल मल्ल र सन्दिप जोरा रहेका छन्। नेपालले ९ ओभर समाप्त हुँदा ६७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।