काठमाडौं- युनाइटेड अरब इमिरेट्स (युएई)ले हङकङलाई १७७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। समूह बी अन्तर्गतको खेलमा युएईले पहिले व्याटिङ गर्दै १७६ रन बनाएको हो।
युएईका लागि बसिल हमिदले सवैभन्दा धेरै ५१ रन बनाए। उनले २९ बलमा ४ चौका र ३ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन्। त्यस्तै महमुद वासिमले ४६ रनको विस्फोटक पारी खेले। अलिसन सर्राफले ३४ रन बनाए।
हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा धेरै ३ विकेट लिए। त्यस्तै नसरुल्ला रानाले २ विकेट लिए भने इशान खानले १ विकेट लिए।
समूह बीमा हङकङ तेस्रो नम्बरमा रहेको छ। युएई र बहराइनको पछि परेको हङकङलाई यो खेल जित्नै पर्ने दबाब छ। यो खेल गुमाएमा हङकङ विश्वकप छनोटबाट बाहिरिनेछ।
विश्वकप छनोटको सम्भावना कायम राख्ने हो भने युएईलाई हराउँदै सेमिफाइल खेल्ने सम्भावना कायम राख्नुपर्ने छ। आजको खेल जितेमा नेपाल र ओमानसँगको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।