काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको जारी खेलमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ। २० ओभरमा ९ विकेट गुमाउँदै ओमानले १४५ रन बनाएको हो।
ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिएका थिए। लामिछानेले एउटै ओभरमा ओमानका दुई जना ब्याटरलाई पेबेलियन फर्काएका थिए।
ओमानका ब्याटर जिसन मक्सुदले ३२ र प्रतीक अथाभलेले २४, साकिल अहमदले नटआउट २२ रन, आयन खानले १८ रन बनाए। अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ। दुवै टोली समूह एबाट सेमिफाइनलमा पुगेका छन्।
आजको विजेता टोलीले समूह ‘बी’ को उपविजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल प्रवेश गर्ने दुई टोलीले २०२४ मा वेष्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्कप खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।