काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानको ६ विकेट लिएको छ। नेपालका सन्दीप लामिछानेले ओमानका २ जना ब्याटरलाई लगातार पेबेलियन फर्काएका हुन्। उनले मेहरन खान र आयान खानको विकेट लिएका हुन्।
ओमान १३ ओभरमा ९२ रन बनाएर खेलिरहेको छ। यसअघि नेपालका सोमपाल कामी २ र करण केसी तथा गुलशन झाले ओमानका एक एक विकेट लिएका थिए।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो।
समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ। दुवै टोली समूह एबाट सेमिफाइनलमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।