काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानको चौथो विकेट लिएको छ। नेपालका सोमपाल कामीले ओमानका २ विकेट लिएका छन्। उनले अकिव लियास र सोइब खानको विकेट लिएका हुन्।
ओमान ८ ओभरमा ५२ रन बनाएर खेलिरहेको छ। यसअघि करण केसी र गुलशन झाले ओमानका एक एक विकेट लिएका थिए।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो।
समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ। दुवै टोली समूह एबाट सेमिफाइनलमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।