काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।
समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ। दुवै टोली समूह एबाट सेमिफाइनलमा पुगेका छन्।
आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ। समूह विजेताले समूह बीको उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ। त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ।
नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन। विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।