काठमाडौं– नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपाली खेलाडीको मनोबल वृद्धि गर्न डिशहोमले पनि पुरस्कार राशी घोषणा गरेको छ।
बुधबार डिशहोमको डिशहोम फाइबर नेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित पुरस्कार राशी घोषणा गरेको हो। जसअन्तर्गत जारी प्रतियोगिताका आगामी खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाज्ञ १० लाख रुपैयाँ दिइनेछ।
यसअघि अर्ना बियरले पुरस्कार दिइरहेको छ। डिशहोम फाइबरनेटका अनुसार एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ।
नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। समूहगत चरणको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ।
समूहचरणमा नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दै चार अंक बटुलेको छ। भोलिको खेलमा जित हासिल गरे समूह ‘ए’ विजेताका रुपमा नेपालले सेमिफाइनल खेल्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।