काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट प्रतियोगितामा लगातार पराजय भोगिरहेको पाकिस्तानले मंगलबारको खेलमा जित निकालेको छ।
मंगलबार बंगलादेशविरुद्ध पाकिस्तानले सात विकेटको जित निकालेको हो। पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा १० विकेट गुमाउँदै २०४ रन बनाएको थियो।
२०५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३२ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो। जम्मा ६ खेल खेलेको पाकिस्तानले यसअघि तीन खेल हारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।