काठमाडौं– नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपालले मलेसियालाई पूरै दबाबमा राखेर खेल्न सफल भएको टिप्पणी गरेका छन्।
नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेपछि प्रतिक्रिया दिँदै यस्तो दाबी गरेका हुन्। उनले कुशल मल्ल र कुशल भुर्तेलको व्याटिङको प्रशंसा समेत गरे।
‘नेपालले निकै राम्रो खेलेको छ। कुशल भुर्तेल र कुशल मल्लले मलेसियाका सबै बलरलाई पूरै दबाबमा राखेको देखियो,’ उनले भने, ‘मलेसियाले सुरुवात जुन रुपमा गरेको थियो त्यो अनुसार फिनिसिङ गर्न सकेन। सन्दीप लामिछाने र अविनाश बोहोराले जसरी विकेट लिए अनि रन आउट गराउन सक्यो यसले खेल जितायो।’
मलेसियाको सुरुवात हेर्दा १सय ९० सम्म बनाउन सक्ने देखिएको तर मध्यक्रममा उसले त्योस्तरको खेल पस्कन नसकेको मल्लको भनाइ थियो।
‘अभिनाशले जुन ब्रेक थ्रु चाहिएको थियो त्यो नेपाललाई दिलाएका कारण नेपाल खेलमा फर्कन सकेको हो,’ उनले भने, ‘नेपालले यही खेल निरन्तर राखेमा विश्वकप छनोट सहज छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।