काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा मलेसियाविरुद्ध नेपालको दोस्रो विकेट पतन भएको छ।
नेपालले ओपनर आशिफ शेखलाई दोस्रो विकेटका रुपमा गुमाएको हो। शेखले २३ बलको सामना गर्दै ३२ रन बनाएर आउट भए।
यसअघि कुशल भुर्तेललाई नेपालले पहिलो विकेटका रुपमा गुमाएको थियो। भुर्तेले २४ बलमा ४३ रन बनाएर आउट भएका थिए।
१६६ रनको लक्ष्य पछ्याएको नेपालले विस्फोटक पारी खेलिरहेको छ। अहिले क्रिजमा कुशल मल्ल र कप्तान रोहित पौडेल रहेका छन्। नेपालले १२ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १२३ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।