काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालको दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
विस्फोटक सुरुवात गरेका भुर्तेल २४ बलमा ४३ रन बनाउँदै आउट भएका हुन्। १६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पहिलो विकेटका रुपमा भुर्तेललाई गुमाएको हो।
अहिले क्रिजमा कुशल मल्ल र आशिफ शेख रहेका छन्। यतिबेला नेपालले पाँच दशमलव ६ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ५९ रन बनाएर खेलिरहेको छ।
यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।