काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मंगलबार भएको नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनको योगफल तयार पारेको हो।
मलेसियाका लागि सर्वाधिक सायद अजिजले बनाए। उनले ४९ बलको सामना गर्दै ६८ रन जोडे। उनलाई गुल्शन झाले कुशल भुर्तेलबाट क्याच आउट गराउँदै पेविलियन फर्काएका थिए।
यस्तै जुबैदी जुल्किफिलेले २४ रन बनाउँदा शरभीन मुनिएन्दीले १३ रन बनाए। यस्तै विजय उन्नी १३, मुहम्मद अमिरले ८, एनूल हाफिज ३, वीरन्दीप सिंह ४ र स्याज्रुल इद्रुस ७ रन जोडे।
नेपालका लागि सबैभन्दा बढी अविनाश बोहोराले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिँदै चार विकेट लिएका हुन्।
यस्तै सन्दीप लामिछाने, गुल्शन झा र रोहित पौडेलले एक/एक विकेट लिए। अहम्मद फैज र ऐनूल हाफिज भने रनआउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।