काठमाडौं– मलेसियाको पाँचौं विकेट गएको छ। नेपालका लागि गुल्शन झाले पाँचौैं विकेट लिएका हुन्।
मलेसियाका सायद अजिजलाई झाले कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन्। ४९ बलमा ६८ रन बनाएर अजिजले खेलिरहेका थिए।
यसअघि नेपालका कप्तान रोहित पौडेलले चौथो विकेट लिएका थिए। महँगो बलिङ गरिरहेका रोहितले मलेसियाका सारभीन मुनिएन्बीलाई आउट गरेका हुन्। उनले १२ बलमा १३ रन बनाएका थिए।
यसअघि सन्दीप लामिछानेले नेपालका लागि तेस्रो विकेट लिएका थिए। विरन्दीप सिंहलाई सन्दीपले एलबीडब्लु आउट गराए।
उनी ८ बलमा ४ रन बनाएर आउट भए। यसअघि अहमद फैज रन आउट भएका थिए। उनी ४ बलमा ३ रन बनाएर आउट भएका थिए। विकेट किपर आशिफ खेशले उनलाई रनआउट गराएका थिए।
त्यो भन्दा अघि अभिनाश बोहराले मलेसियाको पहिलो विकेट लिएका थिए। १६ बलमा २४ रन बनाएका जुबैदी जुल्किफ्ललाई बोहराले कुशल मल्लको हातबाट क्याचआउट गराए।
आईसीसी टी–२० विश्वकप २०२४ को छनोटमा अहिले नेपालविरुद्ध मलेसिया ५ विकेट गुमाएर खेलिरहेको छ। मलेसिया १५ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १२५ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।