काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेका हुन्। उनले पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छन्।
यो सगै नेपालले अब बलिङ गर्नेछ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। घरेलु टोली नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा सहज बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ।
नेपाल आजको खेलमा जित हात पारेमा सेमिफाइनलमा पुग्न सहज हुने छ। नेपालले अब तेस्रो खेल ओमानसँग खेल्नेछ। ओमान पनि दुई खेलमा जित पारेको टोली हो।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन्। दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ।
नेपालको प्लेइङ ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।