काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत ओमानले लगातार दोस्रो जित निकालेको छ। नेपालसँगै समूह ‘ए’ मा रहेको ओमानले मंगलबार सिंगापुरमाथि जित निकाल्यो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुर २२ रनले हराउँदै समेफाइनल प्रवेशको ढोका बलियो बनाएको छ।
पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। ओमानका लागि अकिब इल्यासले ६३ रन र प्रतिक अथाभालेले ४२ रन जोडेको योगदान दिएका थिए।
१७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन मात्र जोडेपछि ओमानले २२ रनको जित निकाल्यो।
यसअघि ओमानले सोमबार मलेसियालाई ३२ रनले हराएको थियो। अब ओमानले बिहीबार आयोजक नेपालसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।