• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

विश्वकप छनोटमा विजयी सुरुवातसँगै उत्साहित नेपाली टोली, खेलाडी भन्छन्– ‘सबै खेल फाइनल सरह हुन्’ 

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १३, २०८०  १७:०५
1140x725

काठमाडौं– नेपालले आईसीसी टी–२० आईको विश्वकप एशिया क्षेत्रको छनोट खेलमा विजय यात्रा सुरु गरेको छ।

तुलनात्मक रुपमा कमजोर रहेको सिंगापुरसँग पहिलो खेलमा नेपालले आठ विकेटको जित हात पार्दे उत्साहित  सुरुवात गरेको छ। विश्वकप खेल्ने प्रचुर सम्भावना बोकेर मैदानमा उत्रेको घरेलु टोली नेपाल बलियो दाबेदार पनि हो।

छनोट चरणबाट फाइनलमा पुग्ने दुई टोली छनोट हुने भए पनि नेपाल विजेताको रुपमा विश्वकप जान चाहेको छ। यसका लागि सबै तयारी पनि नेपालले गरेको उसको सुरुवाती खेलले देखिएको छ। नेपाल ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा छनोट चरणको विजेता बनेर विश्वकपमा टेष्ट खेल्ने देशहरुविरुद्ध चमत्कारिक नजिता निकाल्ने योजनासहित खेलिरहेको छ।

यसका लागि नेपाली खेलाडी र प्रशिक्षक मोन्टी देशाईले मिहेनत पनि गरेको पछिल्ला प्रदर्शनहरुले देखाएको छ।सोमबारको खेलमा पनि नेपाली खेलाडीमा उक्त उत्साह देखिएको छ। नेपाली खेलाडीहरुले खेलपछि पनि नेपालले हरेक खेललाई फाइनल सम्झेर खेल्ने दाबी गर्दै गम्भीरता देखाएका छन्।

पहिलो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताए। आइसीसी टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन्।

नेपालका अर्का भरपर्दा अलराउन्डर गुल्सन झाले पनि नेपालले विश्वकप खेल्ने आसा रहेको बताए। ‘हाम्रो लागि सन् २०१४ पछि अहिले राम्रो मौका छ,’ उनले भने, ‘हामी विश्वकप छनोट हुनेमा विश्वस्त र आशावादी छौं।’

पहिलो खेलमा सबै खेलाडीले राम्रो गरेको उल्लेख गर्दै कुशलले हरेक खेल फाइनल जसरी खेल्ने धारणा राखे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद् सुरुवात गरेको थियो।

नेपालको जितमा कुशलले ४८ बलमा ७५ रन बनाए। उनको इनिङमा आठ चौका र दुई छक्का रह्यो। नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उनी अन्ततः कृष्णको बलमा आउट भए। तर लगत्तै ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्दै २१ बल अगावै जित सुरक्षित दिलाए। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही सावित गर्न सकेकोमा खुशी लागेको बताए। उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको उल्लेख गरे। 

मुलपानीमा पछिल्ला खेलहरू आफ्ना लागि राम्रो नभए पनि प्रशिक्षक मोन्टी देसाईले विश्वास गरिराख्दा यस किसिमको प्रदर्शन सम्भव भएको उनको भनाइ थियो। 

कुशलले सिंगापुरविरुद्ध अर्धशतकसँगै ७४ रनको पारी खेले। गत त्रिकोणात्मक श्रृङ्खलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स(युएई)सँग ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। 

लगातार अर्धशतक प्रहार गरेका कुशलले ढेड वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धसतकीय साझेदारी पनि गरेका छन्। कुशलले आसिफ शेखसँग पछिल्ला दुई/तीन वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कम्यूनिकेशन हुने गरेको बताए। 

Xtrem

Xtrem

तर सोमबार आसिफसँग ढेड वर्षपछि अर्धशतकीय साझेदारी गर्न सक्दा निकै खुशी भएको पनि प्रतिक्रिया उनले दिए। सिंगापुरसँगको खेल अगाडि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका थिए। अभ्यासका क्रममा गोलीगाँठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

कुशलले वर्षको अन्तिम प्रतियोगिताका रूपमा रहेको विश्वकप छनोटमा नेपालका महत्त्वपूर्ण अलराउण्डर दीपेन्द्रसिंह चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए। बिहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो। नेपाली राष्ट्रिय टोलीका अलराउण्डर गुल्सन झाले शतप्रतिशत आफूहरू विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरे। 

नेपालको इनिङमा आसिफले २७ रन र कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाए पछि नेपालले सहज जित निकालेको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रनको मध्यम योगफल खडा गर्‍यो। खराब सुरुवात गरेको सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए।

मनप्रीत सिंहले २४ रन र आर्यावीर चौधरीले ३७ रन जोडे। त्यसबाहेक अन्य ब्याटर भने क्रिजमा जम्न सकेनन्। नेपालको इनिङमा अविनाश बोहोराले तीन विकेट तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई विकेट लिए। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल जित्दै सुखद् सुरुवात गरेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्