• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक १४, २०८२ Fri, Oct 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

विश्वकप छनोटमा विजयी सुरुवातसँगै उत्साहित नेपाली टोली, खेलाडी भन्छन्– ‘सबै खेल फाइनल सरह हुन्’ 

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १३, २०८०  १७:०५
1140x725

काठमाडौं– नेपालले आईसीसी टी–२० आईको विश्वकप एशिया क्षेत्रको छनोट खेलमा विजय यात्रा सुरु गरेको छ।

तुलनात्मक रुपमा कमजोर रहेको सिंगापुरसँग पहिलो खेलमा नेपालले आठ विकेटको जित हात पार्दे उत्साहित  सुरुवात गरेको छ। विश्वकप खेल्ने प्रचुर सम्भावना बोकेर मैदानमा उत्रेको घरेलु टोली नेपाल बलियो दाबेदार पनि हो।

छनोट चरणबाट फाइनलमा पुग्ने दुई टोली छनोट हुने भए पनि नेपाल विजेताको रुपमा विश्वकप जान चाहेको छ। यसका लागि सबै तयारी पनि नेपालले गरेको उसको सुरुवाती खेलले देखिएको छ। नेपाल ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा छनोट चरणको विजेता बनेर विश्वकपमा टेष्ट खेल्ने देशहरुविरुद्ध चमत्कारिक नजिता निकाल्ने योजनासहित खेलिरहेको छ।

यसका लागि नेपाली खेलाडी र प्रशिक्षक मोन्टी देशाईले मिहेनत पनि गरेको पछिल्ला प्रदर्शनहरुले देखाएको छ।सोमबारको खेलमा पनि नेपाली खेलाडीमा उक्त उत्साह देखिएको छ। नेपाली खेलाडीहरुले खेलपछि पनि नेपालले हरेक खेललाई फाइनल सम्झेर खेल्ने दाबी गर्दै गम्भीरता देखाएका छन्।

पहिलो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताए। आइसीसी टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन्।

नेपालका अर्का भरपर्दा अलराउन्डर गुल्सन झाले पनि नेपालले विश्वकप खेल्ने आसा रहेको बताए। ‘हाम्रो लागि सन् २०१४ पछि अहिले राम्रो मौका छ,’ उनले भने, ‘हामी विश्वकप छनोट हुनेमा विश्वस्त र आशावादी छौं।’

पहिलो खेलमा सबै खेलाडीले राम्रो गरेको उल्लेख गर्दै कुशलले हरेक खेल फाइनल जसरी खेल्ने धारणा राखे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद् सुरुवात गरेको थियो।

नेपालको जितमा कुशलले ४८ बलमा ७५ रन बनाए। उनको इनिङमा आठ चौका र दुई छक्का रह्यो। नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उनी अन्ततः कृष्णको बलमा आउट भए। तर लगत्तै ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्दै २१ बल अगावै जित सुरक्षित दिलाए। 

Ncell 2
Ncell 2

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही सावित गर्न सकेकोमा खुशी लागेको बताए। उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको उल्लेख गरे। 

मुलपानीमा पछिल्ला खेलहरू आफ्ना लागि राम्रो नभए पनि प्रशिक्षक मोन्टी देसाईले विश्वास गरिराख्दा यस किसिमको प्रदर्शन सम्भव भएको उनको भनाइ थियो। 

कुशलले सिंगापुरविरुद्ध अर्धशतकसँगै ७४ रनको पारी खेले। गत त्रिकोणात्मक श्रृङ्खलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स(युएई)सँग ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। 

लगातार अर्धशतक प्रहार गरेका कुशलले ढेड वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धसतकीय साझेदारी पनि गरेका छन्। कुशलले आसिफ शेखसँग पछिल्ला दुई/तीन वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कम्यूनिकेशन हुने गरेको बताए। 

तर सोमबार आसिफसँग ढेड वर्षपछि अर्धशतकीय साझेदारी गर्न सक्दा निकै खुशी भएको पनि प्रतिक्रिया उनले दिए। सिंगापुरसँगको खेल अगाडि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका थिए। अभ्यासका क्रममा गोलीगाँठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

कुशलले वर्षको अन्तिम प्रतियोगिताका रूपमा रहेको विश्वकप छनोटमा नेपालका महत्त्वपूर्ण अलराउण्डर दीपेन्द्रसिंह चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए। बिहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो। नेपाली राष्ट्रिय टोलीका अलराउण्डर गुल्सन झाले शतप्रतिशत आफूहरू विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरे। 

नेपालको इनिङमा आसिफले २७ रन र कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाए पछि नेपालले सहज जित निकालेको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रनको मध्यम योगफल खडा गर्‍यो। खराब सुरुवात गरेको सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए।

मनप्रीत सिंहले २४ रन र आर्यावीर चौधरीले ३७ रन जोडे। त्यसबाहेक अन्य ब्याटर भने क्रिजमा जम्न सकेनन्। नेपालको इनिङमा अविनाश बोहोराले तीन विकेट तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई विकेट लिए। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल जित्दै सुखद् सुरुवात गरेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : यूएईसँग पनि नेपाल हार्‍यो
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश
बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक
सम्बन्धित सामग्री
विश्वकप लिग २ : यूएईसँग पनि नेपाल हार्‍यो नेपालले दिएको २ सय ३४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा यूएईले ४३ दशमलव ३ ओभरमा २३७ रन बनाउँदै जित हात पारेको हो । नेपालका कप्... बिहीबार, कात्तिक १३, २०८२
यूएईलाई २३४ रनको चुनौतीपूर्ण लक्ष्य, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने रोहित पहिलो नेपाली खेलाडी टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको खराब सुरुवात भए पनि रोहितले पारी सम्हालेर टोलीलाई अगाडि बढाएका थिए । पौडेलले पाँच चौका र २ छक्... बिहीबार, कात्तिक १३, २०८२
लिग २ क्रिकेटमा नेपालले यूएईसँग खेल्दै दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ। बिहीबार, कात्तिक १३, २०८२
ताजा समाचारसबै
विश्वकप लिग २ : यूएईसँग पनि नेपाल हार्‍यो बिहीबार, कात्तिक १३, २०८२
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश बिहीबार, कात्तिक १३, २०८२
बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक बिहीबार, कात्तिक १३, २०८२
यूएईलाई २३४ रनको चुनौतीपूर्ण लक्ष्य, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने रोहित पहिलो नेपाली खेलाडी बिहीबार, कात्तिक १३, २०८२
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, कात्तिक १२, २०८२
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्