काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दशैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्। उनले ठूलो दुर्घटना नहुने गरी दशैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताए।
उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय, प्रदेश सरकारको महत्त्वपूर्ण भूमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको उल्लेख गरे।
उनले विगतमाभन्दा पछिल्लो समय यात्रुहरुसमेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको दाबी गरे।
मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनाएको उल्लेख गरे। उनले दशैंमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायातमार्फत् गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।