काठमाडौं- आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा लक्ष्य भेटाएको हो।
नेपालको जितमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रनको योगदान दिए। उनले ४८ बलको सामना गर्दै ७४ रन बनाएका हुन्। यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए भने आसिफ शेखले २७ रनको योगदान दिए।
टस जितेर ब्याटिङ रोजेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो। सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाएका थिए। यस्तै आर्यवीर चौधरीले ३७ र मनप्रित सिंहले २४ रनको योगदान गरेका थिए।
बलिङतर्फ नेपालका अविनाश बोहोराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुलशन झाले २/२ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।