काठमाडौं- नेपालले सिंगापुर विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले सिंगापुर विरुद्ध बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन्। भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
टस जितेर व्याटिङ रोजेको सिंगापुरले घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो।
बलिङतर्फ नेपालका गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। करण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए। अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए।
दीपेन्द्रसिंह ऐरी खेल सुरु हुनुअघि अभ्यास खेलको क्रममा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेपछि प्लेइङ ११ मा उनको स्थानमा विवेक यादव खेलेका छन्। विवेक सुरुवातमा प्लेइङ–११ मा थिएनन्। नेपालले ललित राजवंशीको स्थानमा सन्दीप लामिछानेलाई खेलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।