काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। अभ्यासका क्रममा ऐरी घाइते भएपछि उनले आज सिंगापुरसँगको खेल गुमाएका छन्।
अभ्यासको क्रममा ऐरीको खुट्टा मर्केकाले उनले आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको पहिलो खेल गुमाएका छन्।
उनको ठाउँमा विवेक यादवलाई मैदानमा उतारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।