काठमाडौं- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा भारतले इंगल्याण्डलाई एक सय रनले पराजित गरेको छ। २३० रनको लक्ष्य पछ्याएको इंगल्याण्ड १२९ रनमै अलआउट भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा २२९ बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाएका थिए। भारतका सूर्यकुमार यादवले ४९ तथा केएल राउलले ३९ रन बनाएका थिए।
२३० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको इंगल्यान्ड भारतीय बलरका सामु निरीह बन्न पुग्यो। इंगल्यान्ड ३४.५ ओभरमा अलआउट हुँदै पराजित हुन पुग्यो। भारतका मोहम्मद सामीले इंगल्यान्डको ४ विकेट लिएका थिए।
यो जितसँगै भारत ६ मा ६ वटै खेल जित्दै पहिलो स्थानमा छ भने इंगल्यान्ड ६ खेलमा ५ वटा खेल हार्दै अंकतालिकाको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।