काठमाडौं- भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले न्युजिल्याण्डलाई ३८९ रनको विशाल लक्ष्य दिएको छ।
अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बलको सामना गर्दै सर्वाधिक १०९ रनको योगदान दिए। यस्तै डेभिड वार्नरले ८१ रन बनाए।
अहिले न्युजिल्याण्ड ८० रनमा खेलिरहेको छ। ११ ओभरको समाप्तिमा न्युजिल्याण्डले २ विकेट गुमाउँदै ८० रन बनाएको हो। न्युजिल्याण्डका लागि डेभिन कन्भे २८ र विल योङ ३२ रन बनाएर आउट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।