काठमाडौं- भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ। पाकिस्तानले दिएको २७१ को लक्ष्य दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदै पूरा गरेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २७० रन बनाएको थियो। पाकिस्तानका लागि साउद सकिलले ५२ बल खेल्दै ५२ रनको योगदान दिए।
यस्तै क्याप्टेन बाबर आजमले ५० रन बनाए भने शादब खानले ४३, मोहम्मद रिवान ३१ र मोहम्मद नवाजले २४ रनको योगदान दिए।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ब्याटर आइडेन मार्करमको ९१ रनको योगदानमा लक्ष्य भेट्टायो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलर २९, डे कुक २४ तथा तेम्बा बाभुमाले २८ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।