काठमाडौं– त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालको आठौं विकेट पतन भएको छ।
यो सँगै राम्रो सुरुवात गरे पनि नेपालले फाइलमा यूएईलाई मध्यम स्कोरको लक्ष्य दिने देखिएको छ। सन्दीप जोरा र गुल्शन झालाई सस्तैमा गुमाएको नेपालले आठौं विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो।
यसअघि नेपालका दीपेन्द्रसिंह ऐरी २० रन बनाएर आउट भए। उनीभन्दा अघि कप्तान रोहित पौडेल आउट भएका थिए।
कप्तान पौडेलले १७ बलमा १८ रन बनाएर क्याट आउट भए। ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भएका थिए। आफ्नो टी–२० आई करिअरको छैटौं अर्धशतक प्रहार गरेको एक बलपछि भुर्तेल आउट थिए।
तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा दीपेन्द्र बोल्ड आउट भएका हुन्। नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।