काठमाडौं– त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालको पाचौं विकेट पतन भएको छ।
नेपालका दीपेन्द्रसिंह ऐरी २० रन बनाएर आउट भए। उनीभन्दा अघि कप्तान रोहित पौडेल आउट भएका थिए। कप्तान पौडेलले १७ बलमा १८ रन बनाएर क्याच आउट भए।
क्रिजमा सन्दिप जोरा र गुलशन झा रहेकाा छन्। दुवै विग हिटरहरु क्रिजमा रहेकाले स्कोर उकास्ने आसा गरिएको छ।ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भएका थिए।
आफ्नो टी–२० आई करिअरको छैटौं अर्धशतक प्रहार गरेको एक बलपछि भुर्तेल आउट थिए। तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा दीपेन्द्र बोल्ड आउट भएका हुन्।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए।
आसिफले १२ बल खेल्दा १ चौका हानेका थिए। आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू–१९ प्रिमियर कपको फाइनलमा यूएईको कप्तानी गरेका थिए।
पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए। आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे। आयन खानले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।