काठमाडौं– टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आजको यूएईविरुद्ध हङकङले पहिला ब्याटिङ गर्ने भएको छ।
मुलपानी क्रिकेट मैदानमा हुने खेलमा पहिला टस जित्दै हङकङले ब्याटिङ रोजेको हो।
आजको खेल दुवै टिमका लागि महत्त्वपूर्ण रहेको छ। आज विजयी हुने टोलीले शुक्रबार हुने फाइनल खेलमा नेपालसँग भिड्नेछ।
नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ। नेपाल अपराजित हुँदै फाइनल प्रवेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।