काठमाडौं– मलेसियाको क्वालालाम्पुरमा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ।
मंगलबार क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईलाई १९ रनले पराजित गरी उपाधि हात पारेको हो।
खेलको दोस्रो इनिङ सुरुभएपछि पानी परेपछि खेल रोकिएको थियो। तर पानी पर्न रोकिएपछि सुरु भएको खेल डकवर्थ लुइस मेथडमा गयो।
जुन मेथडअनुसार यूएईले २७ ओभरमा १९८ रनको लक्ष्य पायो। तर उक्त लक्ष्य पछ्याउने क्रममा यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रन मात्र बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो। तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो।
उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।