काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपालले संयुक्त अरब ईमिरेट्सलाई जितका लागि २८१ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल रङ्गशाला टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो।
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन बनाए। यस्तै, उत्तम रंगु थापामगरले ५७ तथा अर्जुन कुमालले ५५ रन बनाए।
दीपक प्रसाद डुम्रेले २८ तथा दीपेश कँडेलले नटआउट १० रन बनाए।
नेपालविरुद्ध यूएईका हरित शेट्टी एक्लैले ५ विकेट लिए। यस्तै, आयन अफजल खानले २ तथा अम्मर बदामीले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।