काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालका कप्तान देव खनालले शतक पूरा गरेका छन्। खनालले ९० बलमा १०० रन पूरा गरेका हुन्।
१०० रन पूरा गरेपछि खनाल पेभेलियन फर्किएका छन्। उनलाई यूएईका हरित शेट्टीले तनिश सुरीबाट क्याचआउट गराए।
नेपालका अर्जुन कुमालले अर्धशतक पूरा गरेका छन्। ७८ बलको सामना गरेका अर्जुन कुमालले ५५ रन बनाए। उनी २६औं ओभरको पाँचौं बलमा क्याचआउट भए।
मलेसियाको बायोमास ओभलमा जारी फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।