काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका आसिफ शेखले ५० रन पूरा गरेका छन्।
नेपालको ब्याटिङ लाइन सम्हाल्दै आसिफले अर्धशतक पूरा गरेका हुन्। आसिफले ४४ बलमा अर्धशतक पूरा गरे। आसिफले २ वटा छक्का र ६ वटा चौका प्रहार गरे।
आसिफलाई कप्तान रोहित पौडेलले २५ रन बनाएर साथ दिइरहेका छन्। १४ ओभर सकिँदासम्म नेपालले ३ विकेट गुमाएर १०६ रन बनाएको छ।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले सुरुवातमै ३ विकेट गुमाएको थियो।
पहिलो विकेटका रुपमा नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल १ बनाएर आउट भएका छन्। यस्तै, सोमपाल कामी २ र कुशल मल्ल शून्य रनमा आउट भएका थिए।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।