काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) बीचको खेल जारी छ।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले सुरुवातमै ३ विकेट गुमाएको छ।
पहिलो विकेटका रुपमा नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल १ बनाएर आउट भएका छन्। यस्तै, सोमपाल कामी २ र कुशल मल्ल शून्य रनमा आउट भएका छन्। कुशल मल्ल रनआउट भएका हुन्।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।