काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) बीचको खेल जारी छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ।
निर्धारित २० ओभरमा ७ विकेट गुमाएर यूएईले १६४ रन बनायो। यूएईका लागि वृत्या अरविन्द र बसिल हमीदले समान ४५ रन बनाए। यूएईका लागि सर्वाधिक रन बनाएका दुवै खेलाडी नेपालका अविनाश बोहराबाट आउट भए।
यूएईका लागि असिफ खानले १८ तथा खालिद शाहले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान २–२ विकेट लिए। यस्तै, करण केसी र गुलसन झाले १–१ विकेट लिए भने यूएईका १ जना ब्याटर रनआउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।