काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) बीचको खेल जारी छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। ब्याटिङको निम्तो पाएको यूएईले ३ ओभर खेल्दै ३४ रन बनाएर २ विकेट गुमाएको छ।
नेपालका सोमपाल कामीले यूएईका दुवै जना ओपनिङ ब्याटरलाई आउट गरेका छन्। यूएईका ओपनिङ ब्याटर तथा कप्तान मुहम्मद वासिम ७ बलमा ८ रन बनाएर पेभेलियन फर्किएका छन्। नेपालका सोमपाल कामीले उनलाई गुलशन झाबाट क्याचआउट गराए।
यस्तै, अर्का ब्याटर खालिद शाह १२ रन बनाएर आउट भएका छन्। ५ बल मात्रै खेलेका शाहले ३ वटा चौका प्रहार गरेका थिए। उनलाई पनि सोमपालले नै आउट गरे।
जारी सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो तथा तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।
नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। हङकङ भने लागातार ३ खेलमा हार बेहोरेर अंकविहीनन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।