काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा नेपालले आज (सोमबार) संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ।
यसअघिका ३ खेलमा अपराजित रहँदै १ खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
जारी सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो तथा तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।
नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। हङकङ भने लागातार ३ खेलमा हार बेहोरेर अंकविहीनन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।