काठमाडौं– त्रिकोणात्मक टी-२० आई क्रिकेट श्रृङ्खलाअन्तर्गत आइतबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको १५० रनको चुनौती यूएईले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो। हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै ३ चौका र ५ छक्काको मद्दतमा ६६ रन बनाए। त्यस्तै, एजाज खानले ४८ रन बनाए। यी दुवै खेलाडीले चौथो विकेटका लागि ११४ रनकोसाझेदारी गरेका थिए।
युएईका जहुर खानले ३ विकेट लिए भने निलांश केश्वानीले २ विकेट झारे। सिरिजअन्तर्गत भोलि (सोमबार) नेपाल र युएईबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।