काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल र हङकबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपालले दिएको २१४ रनको विजयी लक्ष्य पछ्याएर जवाफ ब्याटिङ थालेको हङकङले लगातार २ विकेट गुमाएको छ। १५औं ओभरको अन्तिम बलमा पाँचौं विकेट गुमाएको हङकङले १६औं ओभरको चौथो बलमा छैटौं विकेट गुमाएको हो।
सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा हङकङका जीशान अलीलाई आउट गरे। त्यसअघि नेपालका लागि तेस्रो विकेट लिने क्रममा कामीले हङकङका बाबर हयातलाई आसिफ शेखबाट क्याचआउट गराएका थिए।
ललित राजबंशीले पनि व्यक्तिगत दोस्रो विकेट लिँदै एजाज खानलाई रोहित पौडेलबाट क्याचआउट गराए। त्यसअघि ललितले हङकङको दोस्रो विकेट लिएका थिए। राजबंशीले दोस्रो विकेटका रुपमा हङकङका कप्तान निजाकत खानलाई आउट गरेका थिए।
नेपालका लागि पाँचौं विकेट लिने क्रममा दीपेन्द्रसिंह ऐरीले हङकङका अन्श्या रथलाई आउट गरेका थिए। ४२ बलमा ४५ रन बनाएका रथ ऐरीको बलमा ललित राजबंशीबाट क्याचआउट भएका थिए।
हङकङले पहिलो ओभरमै पहिलो विकेट गुमाएको थियो। पहिलो ओभरको दोस्रो बलमा नेपालका करण केसीले हङकङका मार्टिन कोएत्जीलाई आउट गराएका थिए।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो। २१४ रनको लक्ष्यका साथ हङकङ ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।